Mon. Oct 28th, 2024

पहिलो सन्तानलाई स्वागत गर्दै दीपिका र रणवीर

काठमाडौं – बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । सामाजिक संजालमार्फत अभिनेत्री पादुकोणको गर्भावस्थाबारे जानकारी दिइएको हो ।

दीपिकाले इन्स्टाग्राम पोस्टमा मिति उल्लेख गर्दै लेखेकी छन्( सेप्टेम्बर २०२४ । पोस्टमा दीपिकाले पति रणवीरलाई पनि ट्याग गरेकी छिन् । उक्त पोस्टको ग्राफिक्समा शिशुको लुगाफाटो चित्रण छ ।

गतसाता आयोजित बाफ्टा अवार्ड समारोहमा नै दीपिका गर्भवती रहेको चर्चा चलेको थियो । उनी पेट छोपेर बाफ्टा प्रेजेन्टरको रुपमा त्यहाँ पुगेकी थिइन् । त्यतिबेलासम्म उनी प्रेगनेन्सीबारे हल्ला चलिसकेको थियो ।

उनीहरुको यो घोषणामा कलाकारले पोस्टरमा कमेन्ट गरेर बधाई दिएका छन् ।

२ महिनाअघि मात्रै दीपिकाले सिंगापुर भोग म्यागजिनलाई दिएको अन्तर्वार्तामा चाँडै परिवार सुरु गर्ने इच्छा व्यक्त गरेकी थिइन् । उनलाई आमा बन्ने कुनै योजना छ कि भनेर सोधिएको थियो । यसबारे दीपिकाले भनिन्, ‘पक्कै पनि रणवीर र म बच्चालाई माया गर्छौं । हामी दुबै आफ्नो परिवार सुरु गर्ने दिनको लागि पर्खिरहेका छौं

About The Author

अन्य समाचारहरु: