धादिङ– सिद्धलेक गाउँपालिका–५ स्थित चेपे केउरेनी सामुदायिक वनमा त्रिपालले लुकाई छिपाई राखेको सालको गोलीया प्रहरीले बरामत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक नन्द किशोर प्रसाद चौहानको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले मंगलबार केउरेनी सामुदायिक वनमा सालका रुखहरु अवैध रुपमा काटी गोलीयहरु त्रिपालले छोपेर राखेको अवस्थामा बरामत गरिएको प्रहरी निरीक्षक नन्द किशोर प्रसाद चौहानले जानकारी दिए । बरामद गरिएको गोलीया डिभिजन वन कार्यालय धादिङमा बुझाइएको छ ।