Sat. Jul 27th, 2024

बेलायतमा फेब्रुअरी अहिलेसम्मकै तातो महिना

काठमाण्डौ – बेलायतमा यो वर्षको फेब्रअरी अहिलेसम्मकै तातो महिना बनेको छ । बेलायतमा फेब्रुअरी महिनाको औसत तापक्रम ६ दशमलव तीन डिग्रि सेल्सियस रहेकोमा यो वर्षको फेब्रुअरीमा ६ दशमलव ९ डिग्रि सेल्सियस पुगेको बीबीसीले जनाएको छ । यसअघि सन् १९९८मा सबैभन्दा धेरै औसत तापक्रम ६ दशमलव ८ डिग्रि सेल्सियससम्म पुगेको थियो ।

चिसो कम भएका कारण स्याउ नास्पाती जस्ता फलफूलको गुणस्तर कमजोर हुने खबरमा उल्लेख छ । जलवायु परिवर्तनको असरका कारण विश्वव्यापी रुपमा बढ्दो तापक्रमकै प्रभावका कारण बेलायतमा तातो महिनाहरु देखिने क्रम बढेको बेलायतका मौसम विज्ञहरुले बताएका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: