काठमाडौं – पछिल्लो समय विद्युतीय गाडीको आकर्षण बढ्दो छ । विद्युतीय गाडीको प्रवर्धन गर्ने सरकारको नीतिसँगै उपभोक्ताको रोजाइमा विद्युतीय सवारी पर्न थालेको हो ।
बजारमा विद्युतीय गाडीको माग बढेसँगै आयात पनि बढेको छ । भन्सार विभागको पछिल्ले तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनामा १८ अर्ब ४६ करोड ५६ लाख ६१ हजार रुपियाँ बराबरको विद्युतीय सवारीको आयात भएका छन् ।
अन्य वस्तुको आयात घटिरहेका बेला विद्युतीय सवारी साधनको आयातमा उल्लेख्य वृद्धि भएको हो । सात महिनामा सबैभन्दा धेरै चीनसँगको व्यापारिक उत्तरी नाका रसुवाबाट विद्युतीय सवारी साधनको आयात भएका छन् ।
रसुवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात ९साउन–माघ० महिनामा सो नाकाबाट मात्र दुई हजार ४९३ वटा विद्युतीय गाडी आयात भएका छन् । सात अर्ब ३६ करोड ८४ लाख ३६ हजार रुपियाँ बराबरको विद्युतीय गाडी आयात भएका हुन् ।
उनका अनुसार सो नाकाबाट नेपाली व्यवसायीले चीनबाट सबैभन्दा धेरै ‘बिवाइडी’ विद्युतीय गाडीको आयात गरेका छन् । अन्य सवारी साधनको तुलनामा विद्युतीय सवारीको लागत खर्चसमेत कम पर्ने हुँदा यसको प्रयोग बढ्दै गएको उपभोक्ताको धारणा छ ।