Sat. Jul 27th, 2024

गजुरी गाउँपालिकाद्धारा खेलाडीलाई बिदाई

धादिङ– धादिङको गजुरी गाउँपालिकाद्धारा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनोट भएका खेलाडीहरुलाई बिदाई गरिएको छ । औपचारिक कार्यक्रमको आयोजना गरि आईतबार जिल्ला स्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडी तथा अफिसीएल टोलीलाई गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बिदाई गरेका हुन् ।

बागमती प्रदेश खेलकुद विकास परिषदले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ र २२ गते चितवनको भरतपुरमा सञ्चालन हुनेछ। अध्यक्ष श्रेष्ठले भने –‘सहभागी खेलाडीहरुलाई प्रतियोगिताको लागि शुभकामना दिदै आत्मवल बलियो बनाएर खेलमा उत्कृष्ट भएर आउने बिश्वास लिएको छु । ’

About The Author

Loading...

अन्य समाचारहरु: