Sat. Jul 27th, 2024

मेनुका पौडेलको नयाँ गीत ‘छुनै हुन्न जस्तो’सार्वजनिक

काठमाडौं – गायिका मेनुका पौडेलको स्वरमा नयाँ गीत ‘छुनै हुन्न जस्तो’ युट्युवमा सार्वजनिक भएको छ । गीतमा सीडी विजय अधिकारीको संगीत र प्रदीप चापागाईंको शब्द रचना छ ।

गीतले युवायुवतीको प्रेम भाव दर्शाउँछ । माया व्यक्त गर्न धक मान्ने अन्तरमुखी स्वभावको भाव गीतमा समावेश छ । गीतले दर्शकलाई एकसाथ कथा पनि वाचन गर्छ ।

गीतको भिडियोमा प्रभात पल ठकुरी र जुना सुन्दासको अभिनय छ । अर्जुन तिवारीले खिचेको भिडियो निर्देशन शान थापाले गरेका छन् । इण्डियन आइडलबाट बाहिरिएपछि मेनुकाले काठमाडौं आएर यो गीत रेकर्ड गरेकी हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: