Sat. Jul 27th, 2024

धादिङमा कर्मचारीलाई तनाव व्यवस्थापन तालिम सुरु

धादिङ –धादिङमा जिल्लास्थित राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव व्यवस्थापन तालिम सोमबारबाट सुरु भएको छ । सरकारी कार्यालयमा सेवा चुस्त बनाउन र कर्मचारीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी धादिङमा राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव व्यवस्थापन तालिम आयोजना गरिएको हो ।

तालिमले कर्मचारीको स्वास्थ्य अवस्थामा सकरात्मक प्रभाव पार्ने धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए । ‘कामको शिलशिलामा कर्मचारीलाई थुप्रै खालका तनावहरु आइपर्छन् । तनाव व्यवस्थान गर्न सकियो भने कार्य सम्पादनमा पनि सहज हुन्छ । तनाव व्यवस्थापन व्यक्तिगत जीवन र कार्यालयमा दिने सेवासँग पनि जोडिएकोले यो तालिम प्रभावकारी हुने अपेक्षा गरेका छौं’ उनले भने ।

तनाव व्यवस्थापनले कार्यालयको सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले योग, ध्यान र प्रवचनसहितको चार दिने प्रशिक्षण कार्यक्रम सुरु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कार्यालय प्रमुख डाक्टर अमुल्य दाहालले बताए ।

आयुर्वेद पद्धतिबाट तनाव व्यवस्थापन गर्ने तौर तरिकाहरु सिकाइने उनले बताए । ‘कार्यक्षेत्रमा आउने तनाव र त्यसले पार्न सक्ने विभिन्न शारिरिक तथा मानसिक असरलाई कम गर्न यो तालिमले सहयोग पुग्नेछ । कर्मचारीको स्वास्थ्य अवस्थामा सुधारसँगै कार्यालयले दिने सेवा प्रवाहमा पनि थप प्रभावकारी बन्ने अपेक्षा रहेको छ’ उनले भने ।

मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मूल मर्मका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङले तालिमको आयोजना गरेको हो । सोमबारबाट सुरु गरिएको तालिम विहिबारसम्म चल्नेछ । तालिममा धादिङमा रहेका सरकारी कार्यालयका कर्मचारीहरुको सहभागिता रहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: