Sun. Apr 21st, 2024

रश्मिकाले टुंग्याइन् ‘पुष्पा २’ को छायांकन

काठमाडौं -भारतीय अभिनेत्री रश्मिका मन्दानाले आफ्नो २२ औं फिल्मको रुपमा यसैसाता ‘पुष्पा २’ को छायांकन सकाएकी छन् । डिसेम्बर २०२३ मा रिलिज भएको ‘एनिमल’पछि सफलताको यात्रा गरिरहेकी उनी पछिल्लो समय भारतकी व्यस्त अभिनेत्री हुन् ।

‘अन्ततः मैले मेरो २२ औं फिल्म सकेकी छु । मलाई यहाँसम्म आइपुग्न २२ फिल्म लाग्यो । मेरा लागि यो कठिन काम थियो र यात्रा पनि । आज मैले मानिसलाई मेरो कथा लेख्न, ठूला फिल्म र राम्रा कथामा मलाई विश्वास गर्न सुविधा दिएकी छु,’ उनले भनिन् ।

२७ वर्षीया अभिनेत्री भन्छिन्, ‘मलाई लाग्छ कि यो मेरो यात्रालाई लिएर म पूर्णरुपमा धन्य छु । एकदमै विश्वस्त र एक किसिमको राहत महसुस गरेकी छु ।’ ‘पुष्पा २’ भारतको स्वतन्त्रता दिवसको अवसरमा अगस्ट १५ मा रिलिज हुने तयारीमा छ ।

‘सबै कुरा राम्रो हुँदैछ । हामीले फिल्डमा झण्डै ५० दिन बिताएका छौं र अझै धेरै गर्न बाँकी छ । मेरा दर्शकलाई यो काम पहिलेभन्दा अहिलेसम्मकै ठूलो हुन गइरहेको प्रतिबद्धता जनाउन चाहन्छु,’ रश्मिका भन्छिन्, ‘धेरै काम गरिएको छ । धेरै ध्यान दिइएको छ । प्रत्येक पात्रमा केन्द्रित भएर काम गरेका छौं । यो निकै रोचक हुनेवाला छ ।’

करिअर र फिल्मको कुरा गर्दा रश्मिकाले बलिउड र साउथ इण्डिया दुवैतिर आफूलाई स्थापित गरेकी छन् । दुई फरक फिल्म उद्योगमा काम गरेको प्रसंग निकाल्दै उनले यसमा ‘पान इण्डिया’ तत्व प्रमुख कारण रहेको बताइन् ।

About The Author

Loading...

अन्य समाचारहरु: