Mon. Oct 28th, 2024

धादिङ बस दुर्घटनाः मृतकको अझै खुलेन पहिचान

धादिङ- धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ७ जनाको अझै सनाखत हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले मृतकको पहिचान खुलाउने प्रयास भइरहेको जानकारी दिए।

रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस आज बिहान ४ः४० बजे धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीमा सडकबाट सयमिटर तल त्रिशुली नदीमा खसेको थियो।

दुर्घटनापछि नेपाल प्रहरी, नेपाली सेना, गोताखोरसहितको सशस्त्र प्रहरी गरि १०० जनाभन्दा बढी उद्धारकर्मी परिचालन भएका थिए।

५ जनाको दुर्घटनास्थलमै मृत्यु भएको थियो । पछि गोताखोरले थप २ जनालाई नदीमा मृत भेटेको डिएसपी जैयसवारले बताए। उद्धार टोलीले ३९ जना यात्रुलाई जीवितै उद्धार गरेको डिएसपी जैसवारले जानकारी दिए।

घाइतेमध्ये १४ जनालाई काठमाडौं पठाइएको छ। अन्यको गजुरी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको डिएसपी जैसवारले बताए।

काठमाडौं पठाइएका घाइतेहरूमा भारतको उत्तरप्रदेशका ३० वर्षीय टिकुरी चौधरी, नाम नखुलेकी एक क्यानडेली महिला, काभ्रे पाँचखालका ३४ वर्षीय सुरेश सुनार र २१ वर्षीया रवि प्रसाद राजपुत, रुपन्देहीको बुटवल नगरपालिका– ३ की ५६ वर्षीय शान्ती पौडेल, लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का ३५ वर्षीय सैयद आमद अलि, पोल्याण्डका ४१ वर्षीय पुरूष, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ का ५४ वर्षीय जनक बन्जारा छन्।

त्यस्तै रूपन्देहीको मधुवनी गाउँपालिका–१ का २५ वर्षीय महमद आशिफ, काठमाडौंको चन्द्रागिरि नगरपालिका–१० का ५१ वर्षीय ध्रव महर्जन, रूपन्देहीको लुम्बिनी संस्कृति नगरपालिका–१२ का १८ वर्षीय रामनिवास लोद, २२ वर्षीय केदारनाथ लोद, २२ वर्षीय अशोक यादव र भारतको २७ वर्षीय राकेश लोदी छन्।

गजुरी अस्पताल प्रालिमा उपचारारत घाइतेहरूमा रुपन्देहीको गैडहवा गाउँपालिका–५ का बर्ष २८ वर्षीय दिलिप कुमार चमार, ५७ वर्षीय बाबुराम हजैम, काभ्रेको नमोबुद्ध नगरपालिका–८ का २० वर्षीय उत्तम तामाङ, रुपन्देहीका ६ वर्षीय विवश राज श्रेष्ठ, बिरेन्द्र राज श्रेष्ठ, स्याङजाको गल्याङ २ घर भई हाल काठमाण्डौ उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा कार्यरत प्रहरी जवान २६ वर्षीय शिशिर न्यौपाने, २८ वर्षीया कुसुम ढुंगाना, स्याङजाको वालिङ नगरपालिका ९ का ४७ वर्षीय भविश्वर गैरे, प्युठानको जिम्रुक गाउँपालिका ६ का २१ वर्षीय संजय भुसाल, सिन्धुपाल्चोक तातोपानी गाउँपालिका ९ का २६ वर्षीय सोनाम डोल्मा शेर्पा, रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका(१२ का १८ वर्षीय बलिराम लोद, ७ वर्षीय मुक्ति नारायण नाँउ, ४० वर्षीय रमेश नेपाली, ५ वर्षीय काव्य नेपाली, रुपन्देही काराहीमाई गाउँपालिका १की ३५ वर्षीया निर्मला नाँउ, रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ४ का ३१ वर्षीय अबदुल्ला मुसलमान छन्।

त्यस्तै भारतको उत्तरप्रदेशका ३८ वर्षीय अक्लेश कुमार बानिया, काभ्रेको नमोबुद्ध ८ का २९ वर्षीय बिराज लामा, सिन्धुपाल्चोक तातोपानी गाउँपालिका ९ का ४७ वर्षीय गगन लावाङ सेन्दुक शेर्पा, रूपन्देहीको गैडहवा गाउँपालिका ५ का १८ वर्षीय रमेश चमार छन्।

प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा पाँच जना घाइतेको उपचार भइरहेको डिएसपी जैसवारले जानकारी दिए।

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका २ का ४० वर्षीय ओमप्रकाश यादव, वडा ६ का ३० वर्षीय अबिबुल्लाह मुरूल, नवलपरासकीको सुनवल नगरपालिका ४ का २३ वर्षीय राजु नेपाली, बुटवलका २३ वर्षीय दया बानियाँ, पाल्पाकद्य रम्भादेवी गाउँपालिका १ का १८ वर्षीय नवीन अर्याल रहेको डिएसपी जैसवारले जानकारी दिए।

About The Author

अन्य समाचारहरु: