Sat. Jul 27th, 2024

सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो ।

नेप्से परिसूचक आज ९।३३ अंकले बढेर २,०१७ को विन्दुमा कायम भएको छ ।आज विभिन्न ३०८ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा रु ३ अर्ब ४५ करोड ८ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ ।

धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी ९।७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड(१ को सेयर मूल्य ५।५४ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रु ३३ करोड ३७ लाख ७८ हजार आठ सय सात बराबरको छ लाख ५७ हजार सात सय ३९ कित्ता सेयर कारोबार भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: