Sat. Jul 27th, 2024

‘नदीमा डुबेकै बसको छतमा उक्लिएर बाँचे’

शंकर श्रेष्ठ,

धादिङ-‘बस नदीमा डुब्यो । म बसभित्रै थिए । झ्यालबाट बाहिर निस्किएँ । पानीमा पौडिएर डुबेकै बसको छतमा उक्लिए । नदीको बीचमा आधा भाग डुबेको बसको छतमै उभिएर बसेँ’, धादिङको गजुरी गाउँपालिका–५, घाटबेसीमा भएको बस दुर्घटनाका घाइते पाल्पाका नविन अर्याल भन्छन्–‘मान्छेहरुले पौडिन जान्नेहरु हामफालेर तर्नुहोला भने । फेरी पौडिएर बाहिर निस्किए ।’
अध्यारोमा दुर्घटनामा परिसकेपछि पनि होसियारी पूर्वक ज्यान बचाएको अर्यालले सुनाए । खल्तीमा भएको मोबाइलसमेत प्लाष्टिकको झोलामा बेरेर नदी पार गरी सडकमा निस्किएको उनको भनाई छ ।

दुर्घटना हुनु अगाडि र सडकमा निस्किसकेपछिको धेरै कुरा भने नविनलाई थाहा छैन । उनले भने –‘दुर्घटना हुनु अगाडि पिसाव फेर्न एक ठाउँमा रोकिएको थियो । पिसाव गरेर गाडी चडेपछि निदाएछु । एक्कासी खस्यो खस्यो भन्ने आवाज सुनिए जस्तो लाग्यो । त्यतिबेला पानीमा डुसिकेका रहेछौं ।’

दुर्घटनाग्रस्त बसको झ्यालबाट निस्किएर त्यही बसको छतमा उभिएर नविनले जस्तै गरी ओमप्रकास थारुले आफ्नो ज्यान बचाउन सफल भयो । विहानीपखको निन्द्रमा मस्त रहेका ओमप्रकासले आफु पानीमा डुबेपछि मात्रै दुर्घटना भएको थाहा पायो । उनले भने –‘म त सुतिरहेको थिएँ । कसरी गाडीबाट निस्किएँ, कसरी गाडी दुर्घटनामा प¥यो केही थाहा पाइएन । पानीबाट निस्किएपछि भने पौडी खेलेरै ज्यान बचाएँ ।’

दुर्घटनामा परेर सामान्य घाइते मात्रै रहेका एकजना यात्रुका अनुसार खाजा खान राोकिएको ठाउँमा चालकले अरु कसैसँग मोबाइलमा कुरा गर्दै आफुलाई निन्द्रा लागेको बताएको थिए । राती तीन बजे आसपासमा भएको त्यो संवाद सुनेका यात्रुले भने–‘दुर्घटनाको कारण चाही चालक निदाएकै भएको हुनुपर्छ ।’

उनिहरु अहिले प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचाररत छन् । तीनै जनाको अवस्था सामान्य छ ।

About The Author

Loading...

अन्य समाचारहरु: