Sat. Jul 27th, 2024

अमेरिकामा नेपाली संगीतको रोयल्टी संकलन अभियान सुरु

काठमाडौं – अमेरिकामा नेपाली संगीतको रोयल्टी संकलन अभियान सुरु भएको छ । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बसोबास गर्दै आएका नेपाली कलाकारले यस्तो अभियान थालेका हुन् ।

फिल्म निर्देशक गोपालचन्द्र लामिछानेले पहिलोपटक आफ्नो पुनर्विवाह समारोहमा बजाइएका गीत(संगीतको रोयल्टीबापत १५० डलर उपलब्ध गराएका थिए । अभिनेत्री राधा लम्साल (भावु)ले लोकगायक प्रेमराजा महतमार्फत अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)लाई उक्त रकम प्रदान गरेकी थिइन् ।

इनास अमेरिकाका अध्यक्ष राहुल केसी, कलाकारहरु राजबल्लभ कोइराला, ऋचा घिमिरे, उषा पौडेल, अरुणिमा लम्साल, लक्ष्मण पौडेल, सिर्जन ताम्राकार, कन्हैया सिंह परियार, अञ्जना गुरुङ, मनिष शर्मा, आभा मुकारुङ, प्रवेश उप्रेती, उद्धव भट्टराई, शंकर घिमिरे, बाबुराम ढकाल, दिनेश कार्की, सुमन दाहाल, पूर्णसिंह बराइली र विश्व पौडेलको रोहवरमा उक्त रोयल्टी रकम प्रदान गरिएको घोषणा गरियो ।

About The Author

Loading...

अन्य समाचारहरु: