Sat. Jul 27th, 2024

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गठबन्धन भत्काउनुका कारण खुलाए

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले वैचारिक विषयमा शंका र अविश्वास भएका कारण नेपाली काँग्रेससँगको गठबन्धन भत्काएको बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली काँग्रेस पार्टी र आफूहरुका बीचमा वैचारिक विषयमा शंका र अविश्वास भएका कारण गठबन्धन भत्काउनु परेको बताएका हुन् ।

उनले आफ्नो प्रधानमन्त्री पद र समग्र सरकार कुनै समस्यामा नपरेको प्रष्ट पारे । काँग्रेसको नेतृत्व र आफ्नाबीच व्यक्तिगत अविश्वास पनि केही नभए पनि व्यक्तिगत भन्दा पनि राजनीतिक सम्बन्धका कारण अलग हुनुपरेको बताए । कोशी प्रदेश सरकारमा कांग्रेसको विद्रोही समूह गठबन्धनको मर्म विपरीत लाग्दा पनि कारबाही नभएको र राष्ट्रिय सभा निर्वाचनमा पनि माओवादी केन्द्रमाथि अन्तर्घात गरिएको भन्दै त्यसमा पनि आफूहरुको असन्तुष्टि रहेको उनले बताए ।


उनले काँग्रेस महासमिति बैठकले गठबन्धनको विरुद्धमा निष्कर्ष निकाल्नु र हिन्दु धर्मको नाममा हस्ताक्षर अभियान चलाउनु नै गठबन्धन टुट्नुको कारण रहेको प्रस्ट पारेका छन् । त्यसैगरी काँग्रेसले प्रतिवेदनमै जनयुद्धको विद्रुपीकरण गर्दै २०४७ सालको संविधान ठिक भएको आशय उल्लेख गरिनु पनि सम्बन्ध टुट्नुको कारण भएको बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: