Sat. Jul 27th, 2024

पूर्व प्रहरी संगठनले विभिन्न माग राख्दै बुझाए ज्ञापन पत्र

धादिङ– पूर्व प्रहरी संगठन धादिङले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् । पूर्व प्रहरी संगठन धादिङका अध्यक्ष नवराज दुवाडीसहितको करिव एक सय ५० जना पूर्व प्रहरीहरुको टोलीले जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारलाई ज्ञापन पत्र बुझाएका हुन् ।

पूर्व प्रहरी कर्मचारीहरुलाई प्रहरी अस्पतालबाट दिइने विभिन्न सेवामा शुल्क लिइने गरेको, प्रहरी कल्याणकारी कोषमा हुनु पर्ने रकम भन्दा ज्यादै न्यून दर्जाका प्रहरी कर्मचारीहरुको सन्तती नयाँ भर्ना हुन कोटाको व्यवस्था नगरिएको लगायको माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।प्रहरी महानिर्देशक समक्ष माग सम्बोधनका लागि उनीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: