Mon. Oct 28th, 2024

धादिङ बस दुर्घटना : हराइरहेका प्रकाश पाठकको शव नदी किनारमा भेटियो, एक जना अझै बेपत्ता

धादिङ-धादिङको गजुरी गाउँपालिका–५ घाटबेसीमा भएको यात्रु बस दुर्घटनामा हराइरहेका बुटवलका उपमहानगरपालिका–६ का प्रकाश पाठकको शव फेला परेको छ ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस दुर्घटनामा हराइरहेका पाठकको शव बिहिबार दिउसो दुर्घटनास्थलभन्दा करिब दुई किलोमिटर तल त्रिशुली नदी किनारमा भेटिएको हो । यसअघि स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैरे र रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदीको शव फेला परेको थियो । योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक रबिन्द्र कुमार श्रेष्ठका अनुसार रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका–१२ का विनोद लोद अझै हराइरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी गरिरहेको छ ।

चालक र सहचालकसहित ५१ जना सवार बस बुधबार विहान दुर्घटनामा परी त्रिशुली नदीमा खस्दा सात जनाको घटनास्थलमै शव फेला परेको थियो भने चार जना हराइरहेका थिए । दुर्घटनामा ३९ जना घाइते भएका थिए ।

About The Author

अन्य समाचारहरु: