Mon. Oct 28th, 2024

घाटबेसीबाट त्रिशुलीमा खसेको बसमा ५३ जना रहेको पुष्टि, दुई जना अझै बेखबर !

धादिङ– गजुरी गाउँपालिका–५ घाटबेसीमा बुधबार भएको यात्रु बस दुर्घटनामा मुत्यु हुनेको संख्या १० जना पुगेको छ । दुर्घटना स्थलमै सात जनाको शव निकालेको उद्वार टोलीले विहिबार दिउँसो थप तीन जनाको शव फेला पारेको हो ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस बुधबार एकाविहानै पृथ्वी राजमार्गबाट त्रिशुली नदीमा खसेको थियो । मृतक, घाइते र हराइरहेकाहरुको यकिन भएसँगै बसमा चालक र सहचालकसहित ५३ जना रहेको पुष्टि भएको छ । दुर्घटनामा ४१ जना घाइते भएका थिए । घाइते भएका १९ जना उपचारपछि डिस्चार्ज भएका छन् भने २२ जना अस्पतालमा उपचाररत छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठका अनुसार अझै दुइ जना हराइरहेका छन् । रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका–१२ का विनोद लोद र झापाको कन्काइ नगरपालिका–९ का २२ वर्षिय आभाष भन्ने अर्जुन सिंह हराइरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ ।

बुधबार एकाविहानै त्रिशुली नदीमा खस्दा हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका–९ का विराज गैह्रे, रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका–१२ का नर्मदा सुवेदी र बुटवलका उपमहानगरपालिका–६ का प्रकाश पाठकको शव बिहिबार फेला परेको थियो ।

About The Author

अन्य समाचारहरु: