Sat. Jul 27th, 2024

एमालेले भन्यो- राजनीतिक स्थायित्वका लागि प्रचण्डसँग सहकार्य थालेका हौँ

काठमाडौं – सत्ता गठबन्धनको प्रमुख घटक नेकपा एमालेले नयाँ गठबन्धनलाई साथ र समर्थन गर्न अन्य राजनीतिक दललाई अनुरोध गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई सकारात्मक रूपमा ग्रहण गरेको पनि महासचिव शंकर पोखरेलले जानकारी दिए ।

मुलुकको राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहकार्य थालेको प्रष्ट पार्दै उनले मुलुकको संकटको अवस्थाबाट पार लाउने जनतालाई आशा र विश्वास मुलुकको स्थायित्व र विकासमा टेवा पु¥याउन एमालेले सकारात्मक भूमिका गर्नुपर्छ भन्ने बैठकले निष्कर्ष निकालेको बताए ।

देशमा उत्पन्न निराशालाई चिर्ने देशभित्रै केही हुनसक्छ भन्ने सकारात्मक सन्देश दिने प्रयाससहित नयाँ गठबन्धन सरकार अघि बढ्ने उनले बताए ।

महासचिव पोखरेलले भने, ‘नयाँ सहकार्य फलदायी बनाउनुपर्छ र देशको विकास, स्वाधीनता रक्षा र समृद्धिका लागि यसले अनुकूलता सिर्जना गरेको छ । प्रचण्ड नेतृत्वमा ५ राजनीतिक दलमा सामेल भएर सरकार निर्माणको प्रक्रियामा अघि बढेका छौं । यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरेका छौं ।’

कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर बनाएको नयाँ समीकरणलाई फलदायी बनाउनुपर्ने आज सचिवालय बैठकले निष्कर्ष निकालेको महासचिव पोखरेलले बताए । विकास र समृद्धिका कामलाई तिव्रता दिन नयाँ सहकार्य फलदायी बनाउनुपर्ने बैठकले निष्कर्ष निकालेको उनले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: