Sat. Jul 27th, 2024

भिसाविनै चीनले ६ देशका नागरिकलाई प्रवेश दिने

चीनले युरोपेली संघका ६ वटा देशका नागरिकलाई प्रवेशाज्ञा निःशुल्क गर्ने भएको छ । चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार युरोपेली संघका स्विट्जरल्याण्ड, अस्ट्रिया, आयरल्याण्ड, हंगेरी, बेल्जियम र लक्जेमबर्गका नागरिकलाई यस्तो सुविधा दिन लागिएको हो ।

चिनियाँ राष्ट्रिय जनकंग्रेसको कार्यक्रममा सहभागी विदेशमन्त्री वाङ यिले यस्तो जानकारी सार्वजनिक गरेका हुन् । उनले प्रवेशाज्ञामा मात्रै नभएर भुक्तानी प्रणालीमा पनि सहज ल्याउने काम हुने बताए ।

उनले चीनका मित्र वृत्तमा यस्ता सेवासुविधाहरु क्रमशः राख्दै जाने बताएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

चिनियाँ विज्ञहरुले ग्लोबल टाइम्ससँग कुरा गर्दै चीनले आफ्नो अतिरिक्त खुलापनको लागि यस्तो निर्णय गरेको बताएका छन् । नयाँ प्रावधानअनुसार यी ६ देशका नागरिकहरुलाई चीनमा १५ दिन आउन र जान कुनै प्रवेशाज्ञा चाहिने छैन । प्रथम चरणको कार्यक्रम आगामी नोभेम्बर ३० सम्म लागू हुनेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: