Sat. Jul 27th, 2024

नेपाल हङकङसँग ७३ रनले पराजित

काठमाण्डौ – हङकङसँगको एकमात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ ।

हङकङले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ४ बलमा १ सय ३९ रन बनाउँदा अल आउट भयो । १ सय १७ रन बनाउँदा ३ विकेट गुमाएको नेपालले त्यसपछि २२ रन जोड्दा बाँकी ७ विकेट गुमायो । नेपालका विनोद भण्डारीले ४२, आरिफ शेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । हङकङका अजाज खानले ४ र एहसन खानले ३ विकेट लिए ।

यसअघि घरेलु मैदान मोङ कोकको मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनायो । हङकङका बाबर हायातले शतक बनाएर । बाबर ४९ बलमा १ सय १० रन बनाएर आउट भए । नेपालका आकाश चन्दले ३ विकेट लिए । आकाशले आजको खेलमा नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: