Fri. Jul 4th, 2025

प्रहरीको गोली लागेर घाइते भएका कुँवरको मृत्यु

haribdr kuwar

काठमाडौँ – स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका हरिबहादुर कुँवरको ज्यान गएको छ ।

साउन ३१ गते जुम्ला सदरमुकाम खलंगामा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा उनी गम्भिर घाइते भएका थिए ।

जुम्लाको ताम्ती गाविसमा घर भएका २४ वर्षीय कुँवरको शिक्षण अस्पताल काठमाडौंमा आइतबार निधन भएको हो । घाँटीमा गोली लागेका उनको आइतबार विहान उपचारकै क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।

जुम्लामा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कुँवरसँगै अन्य चारजना पनि गम्भीर घाइते भएका थिए । अन्य घाइतेको नेपालगञ्ज र काठमाडौँमा उपचार भइरहेको छ ।

About The Author

अन्य समाचारहरु: