Sat. Jul 27th, 2024

कांग्रेसका सभापति देउवाले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तय गर्न बोलाए बैठक

sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]kfnL sFfu|];sf ;efklt z]/axfb'/ b]pjf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे दलको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीका सन्दर्भमा छलफल हुने छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदेन सदस्य मात्र छन् । उपसभापति र केही शीर्ष नेतालाई आमन्त्रित सदस्यका रूपमा बैठकमा बोलाउने अभ्यास छ ।

शनिवार बिहान पनि देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार दिनेबारे छलफल रहेको थियो । आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्षमा कांग्रेसबाट आनन्द ढुङ्गाना र कमला पन्तको नाम चर्चामा छ ।

About The Author

Loading...

अन्य समाचारहरु: