काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीपरिषद विस्तार गरेका छन् । उनले आइतबार जनता समाजवादी पार्टी ९जसपा० का तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्री थपेर २२ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् ।
जसपाबाट पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री र नवलकिशोर साह वन तथा वातावरण मन्त्री बनेका छन् ।
उनीहरुले केहि बेरअघि शीतलनिवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । २५ सदस्यीय मन्त्रिपरिषदमा अब तीन राज्यमन्त्री नियुक्त हुन बाँकी छ ।