Wed. Jul 24th, 2024

बिजयको दुबै मृगौला फेल भएपछि सहयोगको अपिल

धादिङ –नीलकण्ठ नगरपालिका वडा नम्बर १२ बसोबास गर्दै आएका २२ वर्षीय बिजय खनालको दुबै मृगौला फेल भएकोले मृगौला फेर्नका लागि स्थानीयबासीले सहयोगको याचना गरेका छन् ।
स्थानीय गिता खनालको संयोजकत्वमा ७ सदसिय बिजय खनाल बचाउ सहयोग समिति गठन गरेर गाउँबासीको तर्फबाट देश विदेशमा रहेका सबैलाई सहयोगको लागि आग्रह गरिएको छ ।

पारिवारिक रुपमा अत्यन्तै कमजोर अवस्थामा रहेको खनाल परिवारको सबै जग्गा जमिन विक्रि गर्दा पनि उपचारमा नपुग्ने अवस्था भएको छ । धादिङ अस्पतालमा हप्ताको २ दिन डायलासिस गर्ने गरेको विजयको मृगौला फेर्नु पर्ने र परिवारभित्रबाट मृगौला दिने मानिस भएपनि सो कामका लाग्निे खर्च पुर्याउन नसक्दा घरमै बसिरहेका खनाललाई बचाउन सबै मिलेर लाग्नु पर्ने संयोजक गिता खनालले बताए ।

कक्षा १२ सम्म अध्यान गरेका विजय खनाल पढाइमा अब्बल छन् । कुक तालिम लिएर नेपाली यन्डियन खाना बनाउने काम गर्दै आएका थिए भने विद्युत जडानको काम समेत कुशलतापूर्वक गर्न जान्ने भएका थिए । आफूले काम गरेर आफ्नो पढाइका लागि पुर्याउँदै आएका विजय खनालको २०८० कात्तिक महिनामा उनलाई समस्या आएपछि धादिङ अस्पतालमा परिक्षण गरियो । धादिङ अस्पतालले विर अस्पतालमा प्रेषण गर्यो । बिर अस्पतालले सोही समयदेखि मृगौला दुबै मृगौला फेल भएकाले तत्कालैदेखि डायलासिस गर्न सुरु गरेको थियो ।

विजय खनाल बचाउ अभियान अन्तरगत राष्ट्रिय वाणिज्य बैँक धादिङ शाखाको खाता नम्बर २५८०१००७६७००५२०००००१ मा विरामी विजय खनाल र आमा मिना खनालको नाममा खाता संचालन गरिएकोले सम्पूर्ण देश विदेशमा बस्ने सबैलाई विजय खनाललाई बचाउन आग्रह गरिएको छ । थप जानकारीका लागि विरामीका आमा मिना खनालको ९८६१३४४७६३ मा सम्पर्क गर्न सक्नुहुने छ ।

About The Author

Loading...

अन्य समाचारहरु: