Mon. Oct 28th, 2024

राष्ट्रियसभा अध्यक्ष पदमा नारायणप्रसाद दाहाल निर्वाचित

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार नारायण प्रसाद दाहाल निर्वाचित भएका छन्। मंगलबार भएको अध्यक्ष पदको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल निर्वाचित भएका हुन्।

निर्वाचनमा शर्माको पक्षमा १७ मत परेको छ। उनलाई कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले मत दिएको हो। कांग्रेसका १६ र लोसपाका एक सांसद छन्।

दाहाललाई ३९ मत प्राप्त भएको छ। दाहाललाई नेकपा एमाले, माओवादी, एकीकृत समाजवादी, जसपालगायत दलको समर्थन थियो।

About The Author

अन्य समाचारहरु: