Mon. Oct 28th, 2024

दादुरा–रुबेलाविरुद्धको खोप सम्पन्न : धादिङमा १९ हजार ६ सय भन्दा बढि बालबालिकाले खोप लगाए

धादिङ– दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न भएको छ । फागुन १३ गतेदेखि सुरु भएको खोप अभियान आईतबार सकिएकोे हो ।

खोप अभियान दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा खानियाबास, रुवीभ्याली, धुनिबेसी नगरपालिका, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे गाउँपालिकामा पहिलो चरणमा सञ्चालन गरिएको थियो । जस अन्र्तरगत कुल १३ हजार ७४ जना बालबालिकाले खोप लगाएका छन् ।

यस्तै दोस्रो चरणमा निलकण्ठ नगरपालिका, ज्वालामुखी, सिद्धलेक र नेत्रावती डबजोङ गाउँपालिका गरी कुल ६ हजार ६ सय १ जना बालबालिकाले खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय धादिङले अभियानमा जिल्लाका २२ हजार २ सय ३९ बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको थियो । जस अभियान अन्तरर्गत १९ हजार ६ सय ७५ बालबालिकाले खोप लगाएका छन् ।

स्वस्थ्य कार्यालयका अनुसार स्थानिय तहमा आरसिएम गरि खोप छुटेका बालबालिका भेटिएमा फागुन २९ आजदेखि चैत्र १ गतेसम्म खोप लगाउने व्यवस्था रहेको छ ।

दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत सरकारले देशभरका २४ जिल्लामा सञ्चालन गरेको थियो ।अहिलेसम्म करीब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार ४ सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् ।

About The Author

अन्य समाचारहरु: