अमेरिका – नमस्ते चौतारी रेस्टुरेन्टको प्रस्तुतिमा साली भेना दोहोरी साँझ औपचारिक रुपमा उद्घाटन भएको छ।उक्त रेस्टुरेन्टमा बिभिन्न नेपाली, इन्डियन, तिब्बतियन आदि खानाका परिकारका साथै बरिष्ठ गायक यम बराल, बिमल डाँगी, सरिता डाँगी, गीता बुर्लाकोटी र आदित्य लामाको साथमा बिभिन्न गीत,गजल,लोकगीतको सांगीतिक प्रस्तुतिले सबैको मन जितेको थियो भने अब हरेक सोमबार हुने प्रत्यक्ष दोहोरीका साथमा शुक्रबार, शनिबार आइतबार पनि थपिएको हो।
कार्यक्रममा प्रमुख अथिति रहनुभएका नारायण मैनालीले पानसमा बत्ति बालेर कार्यक्रमको औपचारिक उद्घाटन गर्दै अमेरिकामा पनि नेपाली लोक संगीतको प्रचार प्रसार गर्ने हिसाबले संचालन गरिएको सन्दर्भमा संचालकहरु तथा सम्पूर्ण कलाकारहरुलाई धन्यवाद दिए ।
कार्यक्रममा कलाकारहरु निर्देशक बिजय नकर्मी, निर्देशक प्रसन्न पौडेल, बरिष्ठ फोटो ग्राफर राजीब श्रेष्ठ, गायिका पबिता परियार, नायिका रन्जना शर्मा, मोडल इतना कार्की, नायक पर्शु ढकाल लगायतको उपस्थिति थियो।अतिथि कलाकारका रुपमा बरिष्ठ निर्देशक तथा मोडल शंकर बिसीलाइ बिशेष सम्मान गरिएको थियो भने कलाकारहरु निशा सुनार, बिमल डाँगी, सरिता डाँगी, संगीता थापा मगर, मधुर गिरिका साथमा बरिष्ठ गायक राम श्रेष्ठ र बरिष्ठ बाध्यबादक राज कपुरलाइ प्रमूख अतिथि बाट टिका तथा प्रसाद ग्रहण गराईएको थियो। कार्यक्रममा संयुक्त राष्ट्र संघकालागी नेपाली राजदूत तथा स्थायी प्रतिनिधी दुर्गाप्रसाद भट्टराईले सफलताको कामना सहित शुभकामना सन्देश पठाऊनु भएको थियो ।