Sat. Jul 27th, 2024

नेकपा एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्च : अध्यक्षमा कमल थापा मगर , ३५ सदस्यीय कार्यसमिति चयन

धादिङ-नेकपा एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चमा अध्यक्षमा कमल थापा मगर सहित ३५ सदस्यीय कार्यसमिति चयन
भएका छन् । १२ औं सम्मेलनले कमल थापा मगर अध्यक्ष रहेको ३५ सदस्यीय एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चको नयाँ कार्यसमिति चयन गरेको हो ।

नव गठित कार्य समितिको उपाध्यक्षमा होम प्रसाद जमकट्टेल (केदार) र शुभद्रा थापा, सचिवमा नारायण आचार्य, उपसचिवमा एकराज सेढाई र प्रतिमा कँडेल, कोषाध्यक्षमा कमल श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा कृष्णप्रसाद खतिवडा, प्रेमनाथ दुवाडी (विश्वराम), ठाकुर सेढाई, काजिमान तामाङ, हरिप्रसाद तिवारी, दिपक गुरुङ, ईन्द्र राना, शिवप्रसाद ढुंगाना, रामेश्वर पाठक, रमेश पण्डित, राजकुमार गिरी, सन्तोष पाण्डे, थामसिं तामाङ, ए माया तामाङ, निश्चल खत्री, महेश राना मगर, लक्ष्मी पौडेल, सुस्मा थापा, मिना अधिकारी, निता शाहि बुढाथोकी, रेशिका मगर, सुजन आचार्य, दर्शन खतिवडा, राजु श्रेष्ठ, शेर बहादुर दाहाल, बासु थापा मगर, पविन मगर र जयन्द्र खतिवडा चयन भएका छन् ।

अध्यक्ष थापा मगरलाई निर्वाचन कमिटीका संयोजक मेनुका दुवाडीले र बाँकी पदाधिकारी सहित सिंगो कमिटीलाई नव निर्वाचित अध्यक्ष थापाले सपथ ग्रहण गराएका हुन् ।

शनिबारदेखि शुरुभएको सम्मेलनबाट सहमतिको आधारमा कमिटी चयन गर्दै सोमबार सम्पन्न भएको हो ।नवनिर्वाचित कमिटीको कार्यकाल दुई वर्षको हुनेछ ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको सम्मेलनको समापन एवं बधाई तथा सपथ कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य सांसद रणकुमारी बलम्पाकीको प्रमुख आतिथ्यतामा भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: