Sat. Jul 27th, 2024

टी–२० आई सिरिज फाइनल : पीएनजीविरुद्ध नेपालको राम्रो सुरुवात

काठमाडौं – हङकङमा चलिरहेको त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध नेपालले राम्रो सुरुवात गरेको छ ।

टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको नेपालले पीएनजीको ३ विकेट लिएको छ ।पीएनजीको स्कोर २० हुँदा ३।१ ओभरमा आकाश चन्दले नेपालका लागि तेस्रो र व्यक्तिगत दोस्रो विकेट लिएका हुन् ।

त्यसक्रममा उनले लेगा सिकालाई व्यक्तिगत २ रनमा करण केसीको हातबाट क्याच गराए । यसअघि चन्दले नै पीएनजीका कप्तान असद भालालाई व्यक्तिगत २ रनमा विकेट किपर विनोद भण्डारीको हातबा क्याच गरेका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: