Wed. Jan 22nd, 2025

आफूमाथिको आरोप पुष्टि गरेर देखाउन अर्थमन्त्रीलाई प्रधानमन्त्रीको चुनौति

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौति दिएका छन् ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उहाँले उक्त अभिव्यक्तिको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका हुन् । मनपरी पैसा चलाउन नदिएपछि प्रधानमन्त्री आफूसँग रिसाएको भन्ने डा. महतको भनाईप्रति उनलेआपत्ति पनि जनाएका छन्।

‘आजमात्रै मैले देखेँ, पूर्वअर्थमन्त्री डा। प्रकाशशरण महतले मैले मनपरी पैसा चलाउन नदिएपछि यस्तो भयो भन्ने आशयको मन्तव्य दिएका छन् । म डा। प्रकाशशरण महतलाई यो पुष्टि गर्न चुनौति दिन चाहन्छु । मैले कहाँ कसको लागि पैसा मागेँ, प्रधानमन्त्री प्रचण्डले भने ।

About The Author

अन्य समाचारहरु: