Mon. Oct 28th, 2024

कारको ठक्करबाट कुवेतमा तीन नेपालीको मृत्यु

काठमाडौं – कुवेतमा सडक दुर्घटनामा परी तीनजना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी(साइडमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीनजनाको ज्यान गएको हो ।

दुर्घटनामा तीनजना नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दुतावासले पुष्टी गरेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक–५ आछामका सुरतबहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून–२ काठमाडौंका सुजन कार्की र वेंगादवार–३ धनुषाका धिरज गुर्मछान मगर रहेका छन् ।

मृतकहरु एउटै कम्पनीमा कार्यरत रहेको बुझिएको छ । उनीहरु त्यहाँ रहेको पापाजोन कम्पनीमा कार्यरत थिए ।
कामबाट कोठामा फर्किन लागेका उनीहरु मंगलबार बिहान सडक छेउमा उभिरहेका बेला हुँकिएर आएको कारले ठक्कर दिएको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको नेपाली दुतावासले जनाएको छ ।

नेपाली दुतावास कुवेतका सुचना अधिकारी प्रेमराज गौतमले घटना भएको जानकारी पाएलगत्तै आवश्यक प्रक्रियाअगाडि बढाएको बताएका छन् । परिवार तथा कम्पनीसँग नियमित सम्पर्कमा रहेको र मृतकका शव नेपाल पठाउने तथा वीमाका लागि पहल भइरहेका उनले बताए ।

About The Author

अन्य समाचारहरु: