Sat. Jul 27th, 2024

धादिङमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम सुरु


धादिङ-धादिङमा वनमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी कार्यक्रम थालिएको छ। वनलाई डढेलोबाट जोगाऔं, जैविक विविधताको संरक्षण गरौं भन्ने मुल नाराको साथ डिभिजन वन कार्यालय धादिङको आयोजना र धादिङको १३ वटै स्थानीय तह, पत्रकार महासंघ, फेकोफन कप्सन र धादिङका सबै सामुदायिक वन उपभोक्ता समितिहरुको सहकार्यमा आजदेखि सचेतना सप्ताह सुरु गरिएको हो ।


सप्ताहको पहिलो दिन जंगलमा डढेलो लागेमा कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उद्धेश्यले नीलकण्ठ नगरपालिका–२ मा स्थित बसाहामा रहेको डुडेपाखा सामुदायिक वनमा आगो निभाउने, अग्निरेखा निर्माण, पत्कर जम्मा पार्ने र आगो लगाई डढेलो नियन्त्रण गर्ने कार्यक्रम गरिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद अचार्यले बताए ।


उनले भने –‘कार्यक्रममले वन डढेलो नियन्त्रणको लागि निकै प्रभावकारी हुने आचार्यको भनाई छ । धादिङ जिल्ला सबैभन्दा बढि समुदायिक वन भएको जिल्ला रहेको बताउदै वन डढेलोको पनि उत्तिकै जोखिम हुने हुँदा फागुनको १५ देखि असार १५ गतेसम्म डढेलो नियन्त्रणको लागि हरित खटाउन अव्हान गरेको बताएका छन् । ’


स्थानीय राजु नेपाल भन्छन् –‘सप्ताहव्यापि कार्यक्रमले वनमा डढेलो लागि हालेमा नियन्त्रण गर्ने उपायको बारेमा थप जानकारी मिलेको छ । ’

यसैगरी कार्यक्रममा वन संरक्षक भुमि रमण नेपालले वनमा डढेलो लागेमा अथवा केहि विपत आईपरेमा विगुल फुकेर आम नागरिकहलाई जानकारी गराएका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: