Sat. Jul 27th, 2024

इलाम-२ उपनिर्वाचनमा मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरे

आउँदो वैशाख १५ गते हुन लागिरहेको इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । लिम्बूले राजनीतिक दलहरूले गरेको भ्रष्टाचारको विरुद्धमा लडिरहने प्रतिबद्धतासहित उम्मेदवारी दिने बताए ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले इलामका नागरिकको सेवक बनेर जीवनभर काम गर्ने बाचा गर्दै उनले नेताहरुले गरेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा काम गर्ने बताए ।

उनले भने, ‘हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम २ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन् । राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्ध लडिरहनेछु । यो उपनिर्वाचनमा मात्रै नभएर म इलामका नागरिकको सेवक बनेर जीवनभर सुख–दुःखमा सँगै उभिने बाचा गर्दछु ।’

उनले राजनीतिक दलका उम्मेदवारले मतको दुरुपयोग मात्रै होइन, मूल्य–मान्यताहरूलाई समेत कुल्चिएको भन्दै यसलाई रोक्नको लागि सबैको साथ र सहयोगका लागि अपिल गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: