Sat. Jul 27th, 2024

पोखरा बन्यो पर्यटकीय राजधानी, अब चौबिसै घण्टा खुल्ला

पोखरा – सरकारले पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरेको छ । आइतबार एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई औपचारिक रूपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन् ।

‘प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘पर्यटकीय राजधानी घोषणा भएपछि पोखरा मात्र नभएर सिंगो गण्डकी प्रदेशकै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान हुनेछ ।’ 

गण्डकी प्रदेश सरकारको २९ कात्तिक ०७८ मा बसेको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई पत्राचार गरेको थियो । त्यस्तै, पोखरा महानगरपालिकाको २६ जेठ ०७९ मा बसेको कार्यपालिका बैठकले पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग गर्दै केन्द्र सरकारलाई पत्राचार गर्‍यो ।

१० मंसिर ०८० मा गण्डकी प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा ११ सदस्यीय विज्ञ सम्मिलित पर्यटकीय राजधानी घोषणा अध्ययन समिति गठन गरेको थियो । सोही समितिको प्रतिवेदनपछि २३ फागुनमा बसेको गण्डकी प्रदेश सरकारको बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: