Sat. Jul 27th, 2024

गृहयुद्धका कारण सुडानका नागरिक यौन हिंसा खेप्न बाध्य

सुडानको गृहयुद्धका कारण त्यहाँका नागरिकले बलात्कार, जातीय हिंसा र ज्यानै गुमाउनु पर्ने डरलाग्दो अवस्थाबारे बताएका छन् । उनीहरुले शारीरिक यातना र यौन हिंसाका घटनाबारे जानकारी दिएका बीबीसीले जनाएको छ ।

गृहयुद्धबाट बाँच्न सफल भएका नागरिकले हत्या र बलात्कारको पीडासँग भोकमरीको चपेटामा परेको बताएका खबरमा उल्लेख छ । सुडानमा एक वर्षदेखि सेना र र्‍यापिड सपोर्ट फोर्स, आरएसएफबीच राजधानी खार्तुमसहितका सहरमा युद्ध भईरहेको छ ।

अफ्रिकी र अरब समुदायहरूबीचको हिंसाका कारण सुडान वर्षौंदेखि अशान्ति र हिंसामा छ । आरएसएफका विद्रोहीले महिलाहरुलाई बलात्कार गर्ने गरेको पीडितले बताएका बीबीसीको रिपोर्टमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघले पछिल्लो द्वन्द्वका कारण सुडान इतिहासमै सबैभन्दा ठूलो सङ्कटमा फसेको टिप्पणी गरेको छ

About The Author

Loading...

अन्य समाचारहरु: