Mon. Oct 28th, 2024

पछिल्लो २४ घण्टामा सिराहामा सबैभन्दा धेरै वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा सिराहामा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सिराहको चुरेमाइमा सबैभन्दा धेरै ३०।८ मिलिमिटर वर्षा भएको छ ।

मकवानपुरमा १४।६ मिलिमिटर वर्षा भएको मौसमविद् सरोज पुडाशैनीले जानकारी दिए । उनका अनुसार ललितपुरको लेलेमा १०।८, काठमाडौंको बबरमहलमा ४।४ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५।८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यसअघि बिहान ८ बजे गरिएको २४ घण्टाको मापनमा महोत्तरीको सबैभन्दा धेरै जलेश्वरमा ८।० मिलिमिटर वर्षा मापन भएको थियो ।

“वाग्मती, कोसी र मधेस प्रदेशका धेरै स्थानमा अहिले वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ,” मौसमविद् पुडाशैनीले भने, “धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।”

काठमाडौं उपत्यकामा बिहान ९ बजेदेखि वर्षा भइरहेको छ । आज साँझसम्म नै बदली रहने मौसमविद् गोविन्द झाले बताए । “काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अहिले वर्षा भइरहेको छ,” मौसमविद् गोविन्द झाले भने, “काठमाडौंमा आज दिनभर मौसम बदली हुनेछ । पानी भने केही समय पर्ने र रोकिनेक्रम दिनभर चलिरहनेछ ।” काठमाडौंमा हल्का वर्षा भइरहेको उनको भनाइ छ ।

About The Author

अन्य समाचारहरु: