Sat. Jul 27th, 2024

महरालाई उन्मुक्ति दिन गृहमन्त्री लामिछानेको सक्रियता

काठमाडौं -सुन अनुसन्धानमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई कानुनी रुपमा दोषी नदेखिने गरी उन्मुक्ति दिन खोजिएको छ ।

महराको ‘कमजोर स्वास्थ्य’ अवस्थालाई देखाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले दोस्रोपटक अनुसन्धानका लागि समय नै नलिई सरकारी वकिल कार्यालयबाटै थुना मुक्त गरेर कानुनी रुपमा उन्मुक्ति दिन खोजिएको हो । गृहमन्त्री रवि महरालाई स्वास्थ्यको कारणले छोड्नु परेको बताएर उन्मुक्ति दिएको स्पष्ट पारेका छन् ।

अनुसन्धान अधिकृतले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न मिल्ने अवस्थामा छाड्न सक्ने मुलुकी फौजदारी संहिताको आधारलाई टेकेर सरकारी वकिलको रोहबरमा सिआइबीले पक्राउ परेको पाँच दिनमै हाजिर जमानीमा शुक्रबार हिरासतमुक्त गरेको छ ।

उनलाई पाँच दिन अघि भारततर्फ भाग्न लागेको भन्दै रोल्पा हिडेको अवस्थामा कपिलवस्तुबाट पक्राउ गरिएको थियो । पक्राउ गृहमन्त्री लामिछाने आफैले तदारुकता देखाए तर पाँच दिन पनि टिकाएनन । पछि उनी आफैले राज्यको पनि भावाना हुन्छ भनेर अभिव्यक्ति दिए ।

सुनको अवैध पैठारी (तस्करी)नियन्त्रणसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गत असोजमा गठित आयोगले तस्करीमा माओवादी नेताहरूको ‘कनेक्सन’ रहेको र महरालाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको थियो ।

सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले अदालतले पनि उपचार जरुरी भएको आदेश आएको र हिरासत बाहिर राखेर पनि अनुसन्धान गर्नसकिने कानुनी प्रावधानलाई टेकेर हाजिर जमानीमा छाडेको बताए । माओवादीका उपाध्यक्ष महरा पक्राउ परेपछि यसलाई ठूलै उपलब्धि ठानेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले यो विषयमा आफ्नो धारणा भने सार्वजनिक गरेका छैनन् ।

About The Author

Loading...

अन्य समाचारहरु: