Sat. Jul 27th, 2024

इजरायलमा नेपाली कामदार पठाइदै

A picture taken in southern Israel near the border with the Gaza Strip on December 7, 2023, shows smoke billowing during Israeli bombardment on Gaza, amid continuing battles between Israel and the militant group Hamas. (Photo by Menahem KAHANA / AFP)

काठमाडौं । हमास र इजरायलबीच गाजा क्षेत्रमा जारी युद्धमा ३२ हजारभन्दा बढी प्यालेस्टाइनको मृत्यु भएको छ भने इजरायतर्फको क्षति पूर्ण रुपमा बाहिर आउन सकेको छैन । युद्धग्रस्त गाजाबाट २० लाख प्यालेस्टाइन नागरिक विस्थापित भएका छन् ।

इजरायलतर्फ पनि लाखौँको संख्यामा मानिसहरू असुरक्षित छन् । प्यालेस्टाइन विद्रोही ९हमास०को आक्रमणबाट असोजमा इजरायलमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । चार जना घाइते भएका थिए भने एक जना अझै सम्पर्कविहीन छन् । आक्रमणमा परेका विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात छ ।

उनको खोजतलासको लागि सरकारी पहलकद्मी कमजोर रहेको छ । जोशीका आफन्तहरुले सरकारसँग सहयोगको याचाना गरिरहेको अवस्थामा रवि लामिछाने नेतृत्वको रास्वापाले श्रम मन्त्रालय लिएपछि इजरायलमा जी–टु–जीमार्फत थप २५२ जनालाई केयरगिभर ९वृद्धवृद्धा, अपांगता भएका, बालबालिका तथा अशक्तको स्याहारसुसार० मा पठाउन लागेको छ ।

विदेशबाट फर्कने १०० जना नेपालीलाई रोजगारी दिने महत्वाकांक्षी भाषण गरेर जनतालाई गुमराहमा राखेको लामिछनेकै पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल नेतृत्वको श्रम मन्त्रालयसँग इजरायलले नयाँ कामदार लैजाने प्रस्ताव गरेपछि असुरक्षित रहेको युद्धग्रस्त मुलुकमा कामदार पठाउन नेपाल तयार भएको छ ।

मन्त्रालयले २५२ जनालाई इजरायल पठाउनका लागि चैत ६ गते र ९ गते गरी दुई चरणमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिइसकेको छ । मानवअधिकार ग्यारेन्टी भएको देश, सुरक्षित गन्तव्य, ठगी नहुने र आकर्षक तलब सुविधाजस्ता विशेषताका कारण कामदारको आकर्षण बढेको भएपनि अहिले युद्धमा रहेकाले त्यहाँ नेपालीहरू सुरक्षित छैनन भन्ने थाहा हुँदाहुँदै सरकार आफैले नेपालीहरूलाई पठाउन लागिरहेको छ ।

इजरायलमा नेपाली कामदारको तलब करिब दुई लाख ५० हजार रूपैयाँ हुन्छ । इजरायली सरकारी नियमअनुसार ओभरटाइमको सुविधा पनि छ । कामदारले सातामा एक दिन बिदा पाउँछन् भने बस्ने व्यवस्था रोजगारदाताले नै गर्छन् । कामदारको करार सम्झौता सुरुमा एक वर्ष हुने र पछि पाँच वर्षसम्म थप गर्न सकिने प्रावधान छ ।

इजरायल जानुपूर्व आवेदकले आवेदन रुजु गर्ने काम सम्पन्न भएसँगै छनोटका अन्य प्रक्रिया सुरु हुन्छन् । सोही क्रममा पहिला भाषा परीक्षा हुन्छ । आवेदकले हिबु्र र अंग्रेजी भाषा जानेको हुनुपर्छ । यसबाहेक आवेदनकको उचाइ र तौलको पनि परीक्षण हुन्छ । कम्तीमा ४।९ फिट उचाइ र तौल कम्तीमा ४५ केजी हुनुपर्ने मापदण्ड तोकिएको छ ।

आवेदकको उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । इजरायल जान शैक्षिक योग्यतामा कम्तीमा १० कक्षा उत्तीर्ण हुनुका साथै नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयरगिभिङसम्बन्धी तीन महिनाको तालिम लिएको हुनुपर्नेछ । इजरायल जान भिसा, हवाई शुल्कलगायत गरी करिब एक लाख ६५ हजार रूपैयाँ खर्च लाग्ने अनुमान छ ।

About The Author

Loading...

अन्य समाचारहरु: