Sat. Jul 27th, 2024

सेयर बजार दोहोरो अंकले बृद्धि

काठमाडौं – आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक आज १०।१४ अंकले बढेर २०४१।७० को विन्दुमा बन्द भएको छ ।

आज ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १६८ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताले ९।९९ प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ९।४३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९।३५ प्रतिशतका दरले गुमाएका हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: