Sat. Jul 27th, 2024

टिकापुरमा भिडन्त, १२ जनाको मृत्यु

Tharuhat

कैलाली – कैलालीको टिकापुरमा थरुहटका कार्यकर्ता र प्रहरीबीच भिडन्त हुँदा प्रहरीका एक एसएसपीसहित कम्तिमा १२ जनाको मृत्यु भएका छन् ।
छ ।

सोमबार स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्न टिकापुरका विभिन्न नाकाबाट आएका सयौं थरुहटका कार्यकर्ता र प्रहरीबीच भिडन्तका क्रममा नेपाल प्रहरीका एसएसपी लक्षमण न्यौपानेसहित ८ जना प्रहरी मारिएका छन् ।

ज्यान गुमाउने अन्य प्रहरीहरुमा इन्सपेक्टरहरु बलराम विष्ट र केशव बोहरा रहेका छन् । त्यसैगरी घटनामा नेपाल प्रहरीका तीन जवान र सशस्त्रका दुई जवान पनि मारिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी विश्वराज खड्काले अन्नपूर्ण पोस्ट्लाई बताए अनुसार भिडन्तमा अधिकृतसहित केही सुरक्षाकर्मी र प्रदर्शनकारी मारिएका
छन् ।
थरुहटका कार्यकर्ताले प्रहरीमाथि भाला र अन्य घरेलु हतियारले आक्रमण गरेका थिए । समाचार अनुसार प्रदर्शनकारीले केही प्रहरीलाई जिउँदै जलाएर हत्या गरेका छन् ।

स्थानीय प्रशासनले यो घटनाबारे विस्तृत विवरण दिएको छैन । टिकापुर बजार क्षेत्र र आसपासमा अहिले पनि थरुहटका कार्यकर्ता र प्रहरीबीच भिडन्त भइरहेको छ ।

प्रहरीले निषेधाज्ञा तोड्न आएका थरुहटका कार्यकर्ताले हतियारसहित आक्रमण गर्दा आफ्ना अधिकृतसहितका सुरक्षाकर्मी मारिएको जनाएको छ ।

टीकापुरका विभिन्न नाकाबाट निषेधाज्ञा तोड्दै थरुहटका कार्यकर्ताले जुलुस निकालेपछि भएको झडपमा तीनजना प्रदर्शनकारी र एक प्रहरीको ज्यान गएको हो ।

झडपका क्रममा दुबैतर्फ १२ जना बढी घाइते भएका छन् । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै टीकापुरस्थित सरकारी कार्यालय कब्जा गर्न आएका थरुहटका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: