Mon. Oct 28th, 2024

टिमलाई सहयोग गर्न नसके सन्न्यास लिनेछु : मेसी

काठमाडौं – अर्जेन्टिनी कप्तान लियोनल मेसीले आफ्नो सन्नयासमा उमेरले कुनै भूमिका नखेल्ने बताएका छन् । मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका मेसीले एक पोडकास्टमा तत्काल सन्न्यासबारे कुनै योजना नरहेको संकेत नगरेका हुन् ।

“मैले कहिले राम्रो खेलिनँ, फुटबलमा रमाउन सकिनँ र टिमका सहकर्मीलाई सहयोग गर्न सकिनँ भन्ने मलाई थाहा हुन्छ । म धेरै आत्मालोचना गर्छु । मलाई कहिले राम्रो भएको छ र कहिले नराम्रो भइरहेको छ भन्ने थाहा हुन्छ,” पोडकास्ट कार्यक्रममा मेसीले भने, “यदि, मैले नराम्रो खेलेँ भने र मलाई सन्न्यासको घोषणा गर्नुपर्छ भन्ने लाग्छ, म मेरो उमेर नसोची यो कदम चाल्नेछु । मैले राम्रो महसुस गरेसम्म म प्रतिस्पर्धा गर्नेछु । किनकि, यो त्यही कुरा हो, जसको मलाई राम्रो जानकारी छ ।”

आठपटकका बालोन डी‘अर विजेता मेसीले अर्जेन्टिनालाई सन् २०२२ को विश्वकप उपाधि दिलाएका थिए । यसै मार्चको फिफा विन्डोमा चोटका कारण मेसीले राष्ट्रिय टिमबाट दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल गुमाएका थिए । “टिमले कतार विश्वकपमा जस्तो प्रदर्शन गर्न नसके म राष्ट्रिय टिम छोड्नेछु,” मेसी थपे ।

About The Author

अन्य समाचारहरु: