Sat. Jul 27th, 2024

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने

काठमाडौं -दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । त्यहाँ मे २९ मा हुन लागेको निर्वाचनमा उनी उम्मेदवार हुन अयोग्य घोषित भएका हुन् ।

निर्वाचन आयोगले जुमाको आपराधिक अभिलेखका कारण यस्तो निर्णय गरेको जनाएको छ । सन् २०१८ मा जुमाको आफ्नै पार्टी अफ्रिकन नेसनल कांग्रेस ९एएनसी०ले उनलाई राष्ट्रपति पदबाट राजीनामा दिन आग्रह गरेको थियो । तर उनले अस्वीकार गरे । यसपछि, दक्षिण अफ्रिकाको सर्वोच्च न्यायिक निकायले उनलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा २०२१ मा १५ महिनाको जेल सजाय सुनाएको थियो ।

८१ वर्षीय जुमालाई आयोगको निर्णयविरुद्ध अपिल गर्न अप्रिल २ सम्मको समय दिइएको छ । जुमाले आफै विगतमा अध्यक्ष भएको पार्टी एएनसी विरुद्ध सक्रिय रूपमा अभियान चलाइरहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: