Sat. Jul 27th, 2024

अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को पोस्टर सार्वजनिक

काठमाडौं – अभिनेता अनमोल केसी शनिबारदेखि ३० वर्ष लागेका छन् । जन्मदिन अवसरमा उनी अभिनित फिल्म ‘फर्की फर्की’को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ ।

सुयोग गुरुङ निर्देशित फिल्म जेठ १० गते प्रदर्शन तयारीमा छ । पोस्टरमा अनमोलले निर्वाह गरेको चरित्र दर्शाउन प्रयत्न गरिएको छ । घडीको अघि पात्रलाई फिचर्ड गरिएको र सुनसान सडकमा ऊ कतै हिँडेको देख्न सकिन्छ ।

प्रेमकथामा बनेको यो फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा जसिता गुरुङको पनि मुख्य भूमिका छ । रवि न्यौपाने, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा पनि कलाकारको रुपमा छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: