Mon. Oct 28th, 2024

काठमाडौंमा ज्याकलिन फर्नान्डिजको फेसन

काठमाडौं – बलिउड डिभा ज्याकलिन फर्नान्डिजले आयोजित फेसन रनवेमा नेपाली गहना र पहिरन प्रदर्शन गरेकी छन् । आरबी डायमण्ड ज्वेलरीको २७ औं वर्षगाँठ मनाउन आयोजित ज्वेलरी फेसन रनवेमा अभिनेत्री फर्नान्डिज शो-स्टपरको रुपमा प्रस्तुत भइन् ।

तीनपटक रनवेमा हिँडेकी उनले शिवांगी प्रधानको डिजाइन र आरबी डायमण्डको गहनामा आफूलाई प्रस्तुत गरिन् । आरबी डायमण्डका व्यवसायिक दूत रेहान श्रेष्ठ र प्रमुख रिकेन महर्जनसँग पनि रनवेमा हिँडिन् ।

तीनवटा कलेक्सन प्रस्तुत गरिएको रनवेमा शोको अन्त्यतिर लेहेंगा लगाएर ज्याकलिन रनवेमा हिँडेकी थिइन् । अन्य कलाकारले पनि गहना र पहिरनलाई रनवेमा प्रस्तुत गरे । लेहेंगा लगायतका डिजाइन त्यहाँ प्रस्तुत गरिएको थियो । अभिनेत्री फर्नान्डिज आइतबार भारत फर्कने जनाइएको छ ।

About The Author

अन्य समाचारहरु: