Sat. Jul 27th, 2024

नेपालमा हाइड्रोजनको सफल उत्पादन, इन्धनका रूपमा गाडीमै हालियो

काठमाडौं – काठमाडौं विश्वविद्यालय (केयूले नेपालमै पहिलोपटक हाइड्रोजन उत्पादन गरी इन्धनका रूपमा प्रयोग थालेको छ । काठमाडौं विश्वविद्यालयले आज (आइतबार) आफैँले उत्पादन गरेको हाइड्रोजनलाई इन्धनका रूपमा गाडीमा हालेको हो ।

गत कात्तिकमै केयूले हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी गाडी नेपाल भित्र्याएको थियो । हाइड्रोजन गाडीसँगै त्यतिबेला केयूले रिफ्युलिङ स्टेसन पनि नेपाल भित्र्याएको थियो ।

केयू अन्तर्गतको हाइड्रोजन ल्याबका प्रमुख प्रा।डा। विराजसिंह थापाले आफ्नै डिजाइनमा कोरियाली प्रविधि प्रयोग गरी रिफ्युलिङ स्टेसन बनाइएको बताए ।

उनका अनुसार सोही रिफ्युलिङ स्टेसनबाट हाइड्रोजन उत्पादन गरी गाडीमा हालिएको हो । “हाम्रो डिजाइनमा बनेको रिफ्युलिङ स्टेसनबाट हाइड्रोजन उत्पादन गरेका छौँ । यसले दैनिक बढीमा दुई किलोग्राम हाइड्रोजन उत्पादन गर्नसक्छ,” उनले भने ।

उनले दैनिक ३० किलोग्रामसम्म हाइड्रोजन उत्पादन गर्नसक्ने रिफ्युलिङ स्टेसन बनाउन सकिने बताए । केयूसँग रहेको गाडीले ६ किलोग्राम हाइड्रोजनबाट साढे ६ सय किलोमिटर दुरीको यात्रा गर्न सकिन्छ । “दैनिक ३० देखि ४० वटा गाडी रिफ्युल गर्नसक्ने व्यावसायिक किसिमको स्टेसनको डिजाइन हामीले गरेका हौँ । यसका लागि निजी क्षेत्रसँग पनि छलफल गरिरहेका छौँ,” प्रा।डा। थापाले भने ।

पेट्रोलियमपछि विद्युतीय गाडीको प्रयोग अहिले व्यापक बढ्दो छ । फ्युल सेलमा हाइड्रोजनले अक्सिजनसँग प्रतिक्रिया गरी उर्जा प्रदान गर्छ र पानीलाई बाइप्रोडक्टका रूपमा फाल्छ । त्यसैले हाइड्रोजन अझै स्वच्छ इन्धन मानिन्छ ।

विद्युत्को माध्यमबाट पानीबाट अक्सिजन छुट्याएर अर्थात् इलेक्ट्रोलिसिस गरी हाइड्रोजन उत्पादन गरिन्छ । जिवाश्म इन्धन र बायोमासबाट पनि हाइड्रोजन उत्पादन गर्न सकिन्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: