Sat. Jul 27th, 2024

सुदूरपश्चिमका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री शाहले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रयोजनका लागि सूचना दर्ता गराएपछि सभामुख भीम भण्डारीले २२ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गगरेका हुन् ।

त्यसका लागि भोलि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएपछि गत २३ गते माओवादीले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि अल्पमतमा परेका शाहले बिहीबार विश्वासको मत लिन लागेका हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: