Sat. Jul 27th, 2024

फ्रेन्डसिप टी-२० कप : बाबाको बलमा कुशल र आसिफ आउट

काठमाडौं – नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग सुरुवातामा आउट भएका छन् ।

कुशल तीव्र गतिका बलर बाबा खानको तेस्रो ओभरको अन्तिम बलमा विकेटकिपर अमित पासीबाट ११ बलमा १ चौकासहित ९ रनमा क्याच आउट हुन पुगे ।

पाँचौं ओभरको दोस्रो बलमा बाबाले नै आसिफ शेखलाई ९ रनमा कप्तान विष्णु सोलांकीबाट मिडअफमा क्याच आउट गराए । उनले १२ बलमा १ चौका प्रहार गरे ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५ ओभरमा २ विकेट गुमाउँदै २३ रन बनाएको छ । नेपालका अनिल शाह र रोहित पौडेल १–१ रनमा क्रिजमा छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: