Mon. Oct 28th, 2024

धादिङका किसानलाई चैते धान रोप्ने चटारो

धादिङ-धादिङका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । चैतको चर्काे, घाम गर्मी र सुख्खा मौसमबीच किसानहरू खेतमा तल्लिन छन् ।
चैतमा रोपेर असारमा भित्र्याउने धान रोप्न किसानलाई अहिले निकै चटारो छ । फागुन अन्तिम सातादेखि चैते धान रोपाइ सुरु भएपनि पछिल्लो साता वर्षात भएपछि किसानलाई झन भ्याइनभ्याइ बनेको हो ।
चैतको शुरुवातमै धान रोपिसक्नु पर्ने भए पनि तीन बाली लगाउने खेतमा तरकारी बाली उठाएर रोपाईं गर्नु परेकोले केही ढिला भएकोले पनि अहिले अझ चटारो थपिएको स्थानीय किसानहरु बताउँछन् ।


चैते धान राप्न सरकारी सहयोग नपाँउदा परम्परागत खेती प्रणाली र आफ्नै अनुभवमै निर्भर हुनु परेको गुनासो कृषकको छ । यतिबेला रोपेको धानमा लाग्ने रोग र फड्के किराले झन्झट दिने भएकाले बर्सेनि उत्पादनमा ह्रास आउन थालेको किसानहरू बताउँछन् ।


कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार अघिल्लो बर्षमा जिल्लाभर २२ हजार ८८ हेक्टर चैते धान रोपाई भएको थियो । जसमध्ये ७ हजार ९ सय ३९ टन उत्पादन भएको थियो । यो बर्ष कहा र कति रोपाई भयो भन्ने यकिन तथ्यांक छैन । कृषि ज्ञान केन्द्रको अधिकृत निर्मला गूरुङ भन्छिन्–‘ रोपाई भर्खर सुरु हुदैछ पानी पर्ने, रोग, किरा लाग्ने समयमा मलजलको अभाव हुन सक्छ जसको कारण अनुमानित गर्न समस्य छ । ’
कृषि ज्ञान केन्द्रले १३ ओटा पालिकासंग डाटा लिएर जिल्लाभरको तथ्यांक प्रसार गर्ने सोचेका छौ, अधिकृत गुरुङले भने ।

About The Author

अन्य समाचारहरु: