Thu. Apr 18th, 2024

इलाम–२ मा माओवादीले सुहाङ नेम्वाङलाई सघाउने

काठमाडौं – नेकपा माओवादी केन्द्रले इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका धिरेन्द्र शर्मालाई नाम फिर्ता लिन लगाएर एमालेलाई सहयोग गर्ने निर्णय गरेको हो ।

इलाम–२ मा १५ बैशाखमा उपनिर्वाचन हुँदैछ । एमालेबाट सुहाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई, जनमतबाट प्रेमदीप थाम्सुहाङ, पहिचानवादीबाट डगेन्द्रसिंह थेगिम उम्मेवार बनेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: