Sat. Jul 27th, 2024

इलाम उपनिर्वाचन: ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने

काठमाडौं – उपनिर्वाचनका लागि प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहने भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्तिमार्फत मतदानस्थल र केन्द्र स्वीकृत गरिएको जानकारी दिए । त्यस्तै, प्रदेशसभातर्फ बझाङ–१ ‘क’ मा ७४ मतदानस्थल र ९३ मतदान केन्द्र रहने गरी आयोगले स्वीकृति दिएको छ । देशभर कुल १० हजार ८९२ मतदानस्थल स्वीकृत गरिएको शर्माले जानकारी दिए ।

आगामी वैशाख १५ गते रिक्त दुई स्थानका लागि उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि शनिबार उमेदवारी दर्ता गराउने कार्यसूची छ । त्यसका लागि दलहरूले उमेदवारको टुंगो लगाइसकेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: