Sat. Jul 27th, 2024

भूतपूर्व सैनिक तथा प्रहरी संगठनमा रेशम भण्डारी

धादिङ -नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन धादिङको अध्यक्षमा रेशम भण्डारी निर्वाचित भएको छ ।

धादिङबेशीमा शनिबार भएको संगठनको दोश्रो जिल्ला अधिवेशनले भण्डारीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा नारायण तिमल्सीना, गणेशबहादुर थापा, सचिवमा शालिकराम दुवाडी, उपसचिवमा कालु गुरुङ, जित बहादुर सिंखडा र कोषाध्यक्षमा सुब्बा श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरि सदस्यहरुमा बसन्तराज घले, रमेश कँडेल, ठाकुर धमला, रामबहादुर गुरुङ, सुन बहादुर गुरुङ, डम्बर बहादुर थापा, रामकृष्ण अधिकारी, पदम बहादुर घले, तार्केल गुरुङ, सुनबहादुर तामाङ चयन भएको संगठनको केन्दीय सचिव सुधिर थापाले जानकारी दिए

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय अध्यक्ष बिनोद पाण्डेको प्रमुुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनमा नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, सचिव राधिका सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: